१ असार २०८३, सोमबार

अमेरिका जान लागेका नेपालीसहित ६ जना ग्वाटेमाला सीमामा मारिए

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । अवैध बाटो हुँदै अमेरिका हिँडेका नेपालीसहित ६ जना आप्रवासी ग्वाटेमाला सिमानामा मारिएका छन् ।

मेक्सिकन सैनिकको गोली लागेर उहाँहरूको मृत्यु भएको हो ।

मेक्सिकन सेनाले ट्रकमा गोलाबारी गरेको बताइएको छ । चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा १२ जना घाइते हुनु भएको छ ।

गाडीमा हतियार ल्याएको आशंकामा मेक्सिकन प्रहरीले गोली चलाएको बताइएको छ । घटनामा कतिजना नेपाली परे भन्ने भने यकिन भएको छैन ।