३ श्रावण २०८३, आइतबार

ओमानविरुद्ध नेपालको शानदार जित

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । क्यानडामा जारी त्रिकोणात्मक टी–२० श्रृंखलामा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो ।

नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको ओमान १९ दशमलव पाँच ओभरमा १०१ रन जोड्दै अलआउट भयो । ओमानका जिसान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए । यसअघि नेपालले सात विकेटको क्षतिमा १५७ रन जोड्यो ।

कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा नेपालले त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजमा ओमानलाई ५६ रनले हराएको हो ।

नेपालका कुशल भुर्तेलले तीन, रोहित पौडेल र सन्दीप लामिछानेले २–२ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै १५७ रन बनाएको थियो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले ४४ बलमा दुई चौका र चार छक्कासहित ५६ रनको योगदान दिए । ओपनर अनिल साह ११, आसिफ शेख १६, देव खनाल १८, दीपेन्द्रसिंह ऐरी एक, गुल्सान झा दुई र कुशल भुर्तेल ११ रनमा आउट भएका थिए ।