२० असार २०८३, शनिबार

राष्ट्रपति पौडेलले बाढीपहिरो पीडितलाई एक महिनाको तलब दिने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले बाढी, पहिरो र डुवान प्रभावितहरुका लागि आफ्नो एक महिनाको तलब सुविधा उपलब्ध गराउन घोषणा गर्नु भएको छ ।

राष्ट्रपति पौडेलले बाढी पहिरोबाट पीडितहरूको राहतका लागि स्थापना भएको केन्द्रीय दैवीप्रकोप राहतकोषमा आफ्नो एक महिनाको तलब सुविधा प्रदान गर्ने घोषणा गर्नु भएको हो ।

यसैगरी उहाँका विज्ञ सल्लाहकारहरूले पनि एक हप्ताको तलव सुविधा प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जानकारी दिएको छ ।