
काठमाडौं, १६ असोज । आँगन स्वीट्सका मिठाइलाई दुई लाख जरिवान तिराइएको छ ।
आँगन उत्पादन हुने कम्पनी आकाश फुड्समा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छापा मार्ने क्रममा वासी, पानीले भिजेको, प्याकेजिङ खुइलिसकेका, पुरानो तेल तथा खाद्यवस्तु प्रयोग गरी मिठाई उत्पादन भइरहेको भेटिएपछि २ लाख रुपैयाँ जरिबाना तिराएको हो ।
विभागले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्र पारेको छ ।








प्रतिक्रिया