
काठमाडौं, १६ असोज । पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले राजीनामा दिएका छन् । आजमले सामाजिक सञ्जालमा पाकिस्तान क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएको जानकारी दिएका छन् ।
उनले आफ्नो कप्तानी अनुभव उत्कृष्ट रहेको बताउँदै आफ्ना फ्यानहरुलाई धन्यवादसमेत दिएका छन् ।
बाबर आजमले भनेका छन्, ‘म आज तपाईंसँग एउटा समाचार साझा गर्दैछु । मैले पाकिस्तान पुरुष क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिने निर्णय गरेको छु । टिमको नेतृत्व गर्नु सम्मानको कुरा हो तर अब मैले पद छोडेर आफ्नो खेलमा ध्यान दिने समय आएको छ ।’
उनले अब आफ्नो परिवारसँग समय बिताउनेसमेत लेखेका छन् । उनले भनेका छन्, ‘हामीले सँगै जे हासिल गर्यौं त्यसमा म गर्व गर्छु र एक खेलाडीको रूपमा टोलीमा योगदान गर्न जारी राख्न तत्पर छु ।’
पाकिस्तानले पछिल्लो पटक बंगलादेशविरुद्धको टेस्ट सिरिजमा पहिलो पटक हार बेहोरेको थियो । पाकिस्तानले अक्टोबर ७ देखि घरेलु मैदानमा तीन खेलको टेस्ट सिरिज खेल्ने तालिका रहेको छ ।








प्रतिक्रिया