२४ जेष्ठ २०८३, आइतबार

नेपालले आज ओमानविरुद्ध खेल्दै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत ओमानविरुद्ध खेल्दै छ । सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित भएको नेपाल दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो भने तेस्रो खेलमा क्यानडासँग पराजित भएको थियो ।

नेपालको यस सिरिजमा यो अन्तिम खेल हो । ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९ः४५ बजेदेखि सुरु हुनेछ ।

नेपाल र ओमानबीच अहिलेसम्म कुल ७ टी-२० खेल भएका छन्, जसमा नेपालले ४ र ओमानले ३ खेल जितेको छ ।