२५ असार २०८३, बिहिबार

खोला किनारका बाढी पीडितलाई सिप्रदीको सहयोग

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्था तथा सिप्रदी अटोपार्टस् प्रालिले हालै मात्र निरन्तरको वर्षाको कारणले उपत्यकाको खोला किनारमा ज्याला मजदुरी गर्दै आइरहेका बाढी पीडित मेकानिक्सहरुलाई दैनिक उपभोग्य सामाग्री तथा खाद्यान्न सहयोग प्रदान गरेको छ ।

सिप्रदीयन सहायता संस्थाका प्रतिनिधिहरु र सिप्रदी अटोपार्टस् प्रालिका प्रतिनिधिहरुको उपस्थितिमा २६ घरधुरीलाई सिरक, डस्ना र सिरानी एकएक वटा, १ बोरा चामल, ३ किलो दाल, १ लिटर तेल तथा अन्य खाद्य तथा घरायरी सामाग्रीहरु राहत स्वरुप वितरण गरिएको थियो ।

यसैगरी, मनसुनी वर्षाका कारण आएको बाढीले नेपालका विभिन्न भू-भागमा बसोबास गरिरहेका व्यक्तिहरुको जनजीवन प्रभावित भएको छ भने कैयौँ घरबार विहीन भएका छन् । सिप्रदियन सहायता संस्थाले त्यस्ता प्रभावित क्षेत्रहरुमा विभिन्न किसिमका अत्यावश्यक वस्तुहरु राहत स्वरुप वितरण गर्दै आइरहेको छ ।