२८ असार २०८३, आइतबार

बाढीपहिरोबाट १७ अर्ब बढीको क्षति

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । केही दिनअघिको लगातारको वर्षापछि आएको बाढी र पहिरोबाट १७ अर्ब बढीको क्षति भएको अनुमान गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य सचिव एकनारायण अर्यालले १७ अर्ब बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको जानकारी दिनुभएको हो ।

खानेपानीको संरचनामा ३ खर्ब ५५ करोड र सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड उर्जातर्फ ४ अर्ब, सिँचाईतर्फ २ अर्ब र कृषि तथा पशुपक्षीतर्फ ६ अर्बको क्षति भएको मुख्यसचिवको भनाइ छ ।

उहाँले २२४ जनाको मृत्यु भएको, २४ जना बेपत्ता रहेका र १५८ जना घाइते भएको जानकारी पनि दिनुभयो ।