२१ जेष्ठ २०८३, बिहिबार

प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) को च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको बाढीबाट भएको क्षतिको स्थलगत अवलोकन गर्नु भएको छ ।

एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज सिंहदबारमा सो दलको संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर अवलोकन गर्नु भएको हो ।

अविरल वर्षा र बाढीका कारण सो दलको भुँइ तलमा पूर्णत: डुबान भएको छ भने परिसर हिलाम्मे भएको छ । बाढीका कारण उक्त तलमा रहेका उपकरण र महत्वपूर्ण सामग्री ध्वस्त भएको छ । दलको कार्यालयमा अहिले सरसफाइको क्रम सुरु गरेको छ ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई महासचिव शङ्कर पोखरेल, केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीलगायतले अवस्थाबारे जानकारी गराउनुभएको थियो ।