
काठमाडौं, १५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विपद व्यवस्थापनमा सरकार चुकेको र फेल भएको टिप्पणी गर्नु भएको छ ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष लिङदेनले मौसमविद्को रेड अलर्टबाट विपद्लाई पुरै रोक्न नसकिने भएपनि क्षति न्यून गर्न भने अवश्य सकिने थियो भन्दै यसमा सरकार फेल भएको बताउनु भएको हो ।
उहाँले लेख्नु भएको छ, मौसमविदको ‘रेडअलर्ड’ बाट विपतलाई पुरै रोक्न त सकिँदैन थियो नै तर क्षति न्यून गर्न भने अवश्य सकिन्थ्यो । सरकार चुकेकै हो फेल भएकै हो ।
यो विपदको बेला प्रधानमन्त्री र केही मन्त्रीका अभिव्यक्ति झन आपत्तिजनक छन् ।








प्रतिक्रिया