१ श्रावण २०८३, शुक्रबार

बाढीपहिरो पीडितलाई सहयोगका लागि एमालेको आह्वान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । एमाले संसदीय दलको बैठकमा प्राकृतिक विकृत्ति बाढी, पहिरो र डुबानबाट भएको क्षतिको सन्दर्भमा छलफल भएको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकमा बाढीपीडितहरुलाई राहतको व्यवस्था गर्ने र उनीहरुको पुर्नस्थापना गर्नेसन्दर्भमा छलफल भएको सांसद् सुनिता बरालले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज २१औँ बैठक थियो । हामी आकस्मिक रुपमा बसेका हौं । मुलतः आज प्राकृतिक विपत्ति बाढी, पहिरो र डुबानबाट भएको क्षतिको सन्दर्भमा छलफल भयो । बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले अमेरिका भ्रमणबारे जानकारी दिनुभयो । उहाँ अमेरिका जानुअघि सरकारले ल्याएका कार्यक्रमहरुमा प्रतिबद्ध भएर अगाडि बढ्न भन्नुभएको छ । बैठकबाट मुलतः बाढीपीडितहरुका सन्दर्भमा राहतको व्यवस्था गर्ने र उनीहरुको पुर्नस्थापना गर्ने, समस्या भएका ठाउँहरुमा सरकारको तर्फबाट प्रभावकारी ढंगबाट जनप्रतिनिधिको रुपमा कहाँ सहयोग गर्न सकिन्छ भन्ने विषयमा सबैमा आह्वान गर्दै डटेर अगाडि बढ्ने निर्णय गर्यौं । ’

साथै बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी ओलीले अमेरिका भ्रमणबारे जानकारी गराउनुभएको छ । यस्तै एमालेका तर्फबाट सबै संस्था र नागरिक समाजलाई दुःखको बेला सहयोग गर्न आह्वान गर्ने निर्णय समेत गरेको छ ।