२५ जेष्ठ २०८३, सोमबार

एभरेष्ट होटल र इवामुरा अस्पताललाई तीनलाख जरिवाना

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । चाडपर्वको मुखमा हुने कालोबजारी नियन्त्रणका लागि बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सक्रियता बढाएको छ ।

चाडपर्व र प्राकृतिक विपत्तिकै समयमा कालोबजारी मौलाएको गुनासो आएको भन्दै विभागले दैनिक अनुगमन टोलीको संख्या बढाएको हो । सोमबार मात्र १९ फर्म तथा उद्योगमा अनुगमन गरिएको विभागले जनाएको छ ।

सोमबार भक्तपुरको इवामुरा मेमोरियल अस्पताललाई २० हजार रुपैंयाँ जरिवाना गराइएको छ । काठमाडौंको एभरेष्ट होटललाई तीनलाख रुपैंयाँ र इमिरो प्लाजालाई तीनलाख रुपैंयाँ जरिवाना गराइएको विभागले जनाएको हो ।

विभागले ‘स्ट्रिङ अपरेसन’ सरह ११ ओटा टोली काठमाडौं उपत्यकामा अनुगमन तथा निरीक्षणका लागि परिचालन गरेको जनाएको छ ।
बिभागका महानिर्देशक राजन पौडेलका अनुसार चाडपर्वसंगै बिपत्ति समेत आएकाले यही समयमा कालोबजारी फस्टाइरहेको गुनासाहरु आएपछि टोली परिचानल गरिएको हो ।

कालोबजारी वाकम गुणस्तरको सामग्री विक्री वितरण गरिएको पाइए निरीक्षणकै स्थानबाट तीनलाखसम्म जरिवाना गर्ने गरि ११ ओटा टोली परिचालन गरिएको महानिर्देशक पौडेलले बताउनुभयो । टोलीको नेतृत्व भने निरीक्षण अधिकृतले गरिरहेको उहाँको भनाइ छ ।

यस्तै कालोबजारी तथा म्याद गुज्रिएको सामग्रीहरुको समेत अनुगमन गर्नेगरी देशैभर सहायक सिडियोको नेतृत्वमाबजार अनुमगन सुरु गरेको महानिर्देशकपौडेलको भनाइ छ । सो संगै स्थानीय पालिकाहरुसंग समन्वय गरेर बजार अनुगमनलाई तीब्रता दिएको विभागनले जनाएको छ ।