
काठमाडौं, १५ असोज । आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार सुनको मूल्य एक लाख ६० हजार ५ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर १ हजार ९२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।








प्रतिक्रिया