२८ जेष्ठ २०८३, बिहिबार

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या दुईसय पुग्यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या दुई सय पुगेको छ ।

नेपाल प्रहरीका अनुसार सोमबार साढे ३ बजेसम्मको अपडेट अनुसार दुईसय जनाको मृत्यु भएको हो । अद्यावधिक विवरणअनुसार २६ जना अझै बेपत्ता हुनुहुन्छ भने बाढीपहिरोबाट उद्धार गरिएका १२७ जना घाइते हुनुहुन्छ ।

अहिलेसम्म काभ्रे, ललितपुर र सिन्धुली लगायतका जिल्लाबाट हेलिकप्टरमा २९४ भन्दा बढीको उद्धार गरिएको छ भने अहिलेसम्म कुल ४ हजार २२२ जनाको उद्धार गरिएको छ ।