१० श्रावण २०८३, आइतबार

प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी, सुनुवाइ बुधबार

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत विरुद्ध ६ वटा उजुरी परेको छ ।

संवैधानिक परिषद्ले राउतलाई सर्वोच्च अदालतको प्रधानन्ययाधीशमा सिफारिस गरेकोमा संसदीय समितिले उहाँविरुद्ध उजुरी आह्वान गरेको थियो ।

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस राउतको सुनुवाइ असोज १६ गते गर्ने निर्णय गरेको छ ।
समितिले भोलि (मंगलबार) उजुरीकर्तासँग छलफल गर्ने जनाएको छ ।

संवैधानिक परिषद्को भदौ ३१ गतेको बैठकले वरिष्ठताका आधारमा राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवविरुद्ध दुईवटा उजुरी परेको समितिले जनाएको छ ।