
काठमाडौं, १४ असोज । साइबर अपराधको आरोपमा पक्राउ पर्नु भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले दायर गर्नु भएको बन्दीप्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा परेको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको इजलासमा पेशी परेको मुद्दा हेर्न नमिल्नेमा परेको हो । अर्को सुनुवाइ मंगलबारका लागि तोकिएको छ ।
दुर्गा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नु भएको थियो ।
रिटमा असोज ८ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।








प्रतिक्रिया