
काठमाडौं, १४ असोज । अविरल वर्षासँगै ललितपुर महानगरपालिका वडा नं. १३, नख्खुखोलामा शनिबार आएको बाढीले बगाएका दुई जना व्यक्तिहरुको सकुशल उद्धार गर्न सफल काभ्रेका तेमाल गाँउपालिका वडा नं. ९ घर भएका ३३ वर्षीय चणिकलाल तामाङलाई महालक्ष्मी विकास बैंकले सम्मान गरको छ ।
आइतबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच चणिकलाल तामाङले जोखिमका बीच देखाउनुभएको अदम्य साहस र उहाँको अठोट र तत्परताले राजु शाह र उहाँको परिवारको सदस्यको सफल उद्धार गर्न सकिएको निष्कर्षका साथ तामाङलाई १ लाख रुपैयाँ नगदसहित सम्मान गरिएको हो । यस्ता कार्यले विपतको समयमा नागरिक स्तरबाट सुरक्षित रुपमा उद्घार कार्यमा सहभागिता जनाउनसमेत हौसला मिल्ने विश्वास बैंकले लिएको छ ।साथै, बैंकले देशैभरि आएको बाढीपहिरोको कारण ज्यान गुमाएका व्यक्तिहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।









प्रतिक्रिया