
काठमाडौं, १४ असोज । टाटा मोटर्सले देशव्यापी आइपरेको बाढी, पहिरो तथा डुबानका घटनाबाट टाटा प्यारेन्जर गाडीहरुमा थप क्षति हुनबाट रोक्नका लागि आपतकालीन सर्भिस सुविधाको व्यवस्था गरेको छ । यसअन्तर्गत टाटा मोटर्सको हट लाइनमा सम्पर्क गरी घरमा नै यस सुविधा लिन सकिनेछ ।
टाटा मोटर्सका सर्भिस टिमले घरमा नै गएर गाडीको चेकजाँच गरी मर्मतको सुविधा प्रदान गर्नेछन । यदि गाडी घरमा मर्मत गर्न सम्भव नभएमा सिप्रदीको सर्भिस सेन्टरमा लगेर गाडीलाई पूर्ण मर्मत गरी ग्राहकलाई हस्तान्तरण गरिने कम्पनीले जानकारी गराएको छ । यस दुःखद घडीमा ग्राहकवर्गलाई आफ्नो गाडीमा थप क्षति हुन नदिनका लागि तथा ग्राहक सेवालाई चुस्त बनाउनका लागि यस किसिमको सेवा प्रदान गर्न लागिएको हो । यस सेवाका लागि हटलाइन टोल फ्रि नं। १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।
चाडपर्वको अवसरमा टाटाका ग्राहकहरुलाई बाढीले पुर्याएको असुविधालाई ध्यानमा राखि यस विशेष आपलकालीन सर्भिस सुविधा उपलब्ध गराएको कम्पनीका सर्भिस विभागका महाप्रबन्धक कुमार भण्डारीले जानकारी गराउनुभएको छ ।








प्रतिक्रिया