९ असार २०८३, मंगलबार

नदीतर्फ एक अर्ब १६ करोड २० लाख बराबरको क्षति

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । अविरल वर्षाका कारण विभिन्न क्षेत्रमा नदी नियन्त्रणतर्फ हालसम्म १ अर्ब १६ करोड २० लाख बराबरको क्षति पु¥याएको छ ।

आइतबार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पत्रकार सम्मेलन गर्दै नदी कट्टान, डुबान तथा बाढीले नदी नियन्त्रणतर्फ हालसम्म १ अर्ब १६ करोड २० लाख बराबरको क्षति पु¥याएको जानकारी गराएको हो ।

जस अन्तर्गत मेची नदीले मेचीनगर नगरपालिकाको प्रसादगैडा र मलामीटहरा र भद्रपुर नपा, गैरीगाउँ, बिरिङ्ग नदीले झापा गापा रेडक्रस टोल र हुलाकी राजमार्गको तलमाथी क्षेत्रमा साथै कन्काई नदीले हुलाकी राजमार्गको तल माथी क्षेत्रमा, झापा गापाको मिलनबस्ती र सुगा बथान एवं रतुवा नदीले रतुवा नपा राजाबासा, गौरादह नपा तेलियाडाँगी र मावा नदीले दमक नपा पाथीभरा मन्दिरमाअनुमानित लागत २१ करोड बराबरको क्षति पु¥याएको हो ।

कोशी नदीले बेलाका नपा, बक्राहा नदीले मिक्लाजुंग, पथरी सनिश्चरे, रतुवामाई, चिसांग नदीले लेटाङ्ग, बेलबारी साथै डाँस नदीले रंगेली र लोहन्द्रा नदीले बेलबारी एवं बस्ता खोलाले बिराटनगर क्षेत्रमा अनुमानित पाँच करोड ४० लाखको क्षति पु¥याएको छ । खाँडो नदीले शम्भुनाथ नपा, रुपनी गापा., राजविराज नपा, तिलाठी कोइलाडी गापा महली नदीले तिरहुत गापा, कन्चनरूप नपा, कंकालनी नपा, कृषणासोवरन गापा. साथै बलान नदीले लहान नपा, सखुवानन्करकट्टी नपा, बालन बिहुल गापा., सुरुङ्गा नपामा ठूलो क्षति पुर्याएको छ । अनुमानित क्षतिको लागत रु ९ करोड ८० लाख बराबरको क्षति पु¥याएको हो ।

यस्तै रातो नदीले महोत्तरी गापा, बर्दिवास नपा, बलबा नपा, जलेश्वर नपा, भंगहा नपा र मरहा नदीले सोनमा गापा एवं औरही नदीले लोहारपट्टी नपा, मुखियापट्टि नपा, मुसहरनिया गापा र तिपरा गापामा अनुमानित चार करोड बराबरको क्षति पु¥याएको छ । त्यस्तै हालसम्म सिँचाईतर्फ सुनसरी मोरङ सिंचाइ आयोजना अन्तर्गतका १० वटा शाखा नहरहरुको टेल स्केपमा सामान्य क्षति भएको । अनुमानित ५ करोडको क्षति भएको हो ।

बागमती सिंचाई आयोजनामा पूर्वीमूल नहर र पश्चिम मूल नहर एवं शाखा नहरहरुमा अनुमानित ५ करोड ४० लाखको क्षति भएको छ भने झाँझ सिंचाइ आयोजना अन्तर्गतको नहरमा तीन करोडको अनुमानित क्षति भएको छ ।

कमला सिंचाई व्यवस्थापन आयोजना अन्तर्गत बाँधको तल्लो क्षेत्रमा क्षति पुर्याएको, घुर्मि नदीमा रहेको १४० मी लम्बाइको साइफनमा क्षति पुर्याएको र बताहा नदीमा रहेको साइफनमा क्षति पु¥याइ उच्च जोखिम मा रहीपाँच करोड बराबरको क्षति समेत भएको हो । महाकाली सिंचाई आयोजना, कन्चनपुरलगायत अन्य क्षेत्रमा भाद्र महिनामा आएको वाढीले ठूलो क्षति पुर्याइ करिब १ अर्ब १४ करोडको क्षति भएको छ ।