२९ जेष्ठ २०८३, शुक्रबार

बाढीपहिरो प्रभावितका लागि सिटिजन्स बैंकको २५ लाख रुपैयाँ सहयोग

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अविरल वर्षाले प्रभावित भई ठूलो जनधनको क्षति पुगेकाहरुको राहतको उदेश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत पीडितहरूको राहत र पुनर्स्थापनाको लागि सहयोग प्रदान गरेको छ ।

शहरी विकास मन्त्रालयमा आज आयोजित एक कार्यक्रमका बीच कार्यवाहक प्रधानमन्त्री एवं उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले २५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ ।समाहरोमा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र प्रमुख प्रशासकीय अधिकृत नारायणराज अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वस्थ लाभका लागि कामनासमेत गरेको छ । घटनाबाट प्रभावित सम्पूर्णजनहरुप्रति तत्काल सहयोग तथा राहत पुग्ने विश्वास पनि बैंकले व्यक्त गरेको छ ।

सिटिजन्स बैँकले यस अघि पनि २०७२ सालको विनाशकारी भूकम्पबाट पिडीतहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरुप १ करोड रुपैयाँ प्रदान गरेको थियो र कर्णाली प्रदेशको जाजरकोटमा २०८० कार्तिक १७ गते गएको विनाशकारी भुकम्पबाट पिडीतहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाख रुपैयाँको सहयोग प्रधान गरेको थियो । बैंकले आगामी दिनमा पनि समाजको हितका लागि यस्ता सहयोगात्मक प्रयासहरू जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा एटिएम र ९७ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १६ लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।