४ श्रावण २०८३, सोमबार

साफ यू–१७ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा रोकिएको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग ४–२ गोल अन्तरले पराजित भएको हो ।

भारतको जितमा भिजल यादवले दुई गोल गर्दा ऋषी सिंह र हेम्नेइचुंगले एकएक गोल थपेका थिए ।

नेपालका कप्तान सुवास बमले एक गोल फर्काउँदा एक गोल उपहार पाएको थियो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले ६१औं मिनेटमा पहिलो गोल बेहोरेको थियो । दायाँतर्फबाट आएको क्रसमा भारतका सुमित शर्माले हेडर गरेका थिए । नेपाली गोलरक्षक पेम्बा नोर्वुले बल बचाउन सफल भए पनि सम्हाल्न सकेनन् र भिजल यादवले गोलरक्षकको खुट्टाबीचबाट बललाई गोल पोस्टमा पठाए । केही समयपछि पुनः भिजल यादवले ६८औं मिनेटमा फ्रिकिकबाट आएको बललाई सुमितले हेडमार्फत प्रहार गरेपछि नेपाली गोलरक्षकले पुनः बचाउने प्रयास गरे पनि भिजलले रिबाउन्डमा दोस्रो गोल थपेका थिए ।

नेपालले खेलमा फर्कने प्रयास गर्दै ८३औं मिनेटमा सुवास बमको गोलमार्फत टोलीलाई आशा जगायो । टिममूभबाट आएको यो गोलले नेपाललाई खेलमा फर्कने सम्भावना कायमै राखेको थियो । तर, भारतका नरेश सिंह (एनरिषी सिंह)ले ८५औं मिनेटमा गोल गर्दै अग्रता ३–१ बनाएका थिए । नेपाली टोलीले ८९औं मिनेटमा भारतबाट एक गोल उपहार पायो । भारतका मोहमद क्याफले आफ्नै पोस्टमा गोल गरेपछि नेपालको अग्रता ३–२ भएको थियो ।

खेलको इन्जुरी टाइमको पनि अन्तिमतिर भारतका हेम्नेइचुंगले टिमका लागि चौथो गोल थप्दै अन्ततः खेलको नतिजा ४–२ ले आफ्नो पक्षमा पारे ।

भारतले अब उपाधिका लागि पाकिस्तान र बंगलादेशको विजेतासँग सोमबार खेल्नेछ ।