
काठमाडौं, १२ असोज । सिटिजन्स बैंकले बाढी पीडितका लागि प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
बैंकका प्रवक्ता/सूचना अधिकारी नारायण अधिकारीका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिटिजन्स बैंकले समस्यामा परेका बाढी पीडितका लागि यो सहयोग गरेको हो ।
‘विगत दुई दिनदेखि परेको अविरल वर्षाले नेपालको धेरैजसो स्थानमा नराम्ररी असर परेको छ, दैनिक जनजीवन र यातायात अवरुद्ध भएको छ । दुःखद कुरा के छ भने लगातारको वर्षा र बाढीको समस्याले झेलिरहेको राजधानी काठमाडौंसहित विभिन्न नदीमा आएको बाढीले ज्यान गुमाउनेको समाचार आएको छ’ सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले भन्नुभयो, ‘सिटिजन्स बैंकले यस संकटको घडीमा हामीले हाम्रो सीमित स्रोत साधनबाट विभिन्न जिल्लालाई सहयोग गरिरहेका छौँ । यो कोष प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिनेछ ।’








प्रतिक्रिया