११ असार २०८३, बिहिबार

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा ३९२ जनाले गरे रक्तदान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । प्राइम कमर्सियल बैंकको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बैंकले शुक्रबार आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौं, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगञ्ज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेश कार्यालय छिन्चु, सुर्खेतमा गरी देशभर ६ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा शुभेच्छुकहरु गरी ३९२ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले सम्पूर्ण रक्तदाता तथा प्रविधिकहरुलाई धन्यवाद दिँदै मानवजिवन रक्षाका लागि अत्यावश्यक रगत संकलन गर्ने कार्यक्रम आयोजन गरी सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको धारण राख्नुभयो । उहाँले आगामी दिनमा पनि सामाजिक सेवाका कार्यहरु गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।