२६ असार २०८३, शुक्रबार

एन्फाको युथ क्याम्पका ६ खेलाडी बेपत्ता, पहिरोमा पुरिएको आशंका

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १२ असोज । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-३ मा सञ्चालन गरेको युथ-१४ क्याम्पका ६ जना खेलाडी सम्पर्कविहीन भएका छन् । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएको आशंका गरिएको छ ।

एन्फा केन्द्रीय सदस्य टीकाराम लामाकाअनुसार स्थानीय वत्सला माविमा होस्टलसहित आवासीय व्यवस्था गरी दैनिक प्रशिक्षणमा राखिएका ३७ जना खेलाडीमध्ये ६ जना सम्पर्कविहीन भएका हुन् ।

‘आज बिहान करिब ६ बजेको समयमा अविरल वर्षासँगै सुरक्षित स्थानमा खेलाडीलाई सार्न खोज्दा उनीहरु पहिरोमा पुरिएको आशंका छ ।’ लामाले भन्नुभयो । अन्य खेलाडीहरू भने सम्पर्कमा रहेका छन् ।

लामाकाअनुसार खेलाडीहरु छोटो बाटो भएर सुरक्षित स्थानमा आफैँ जान खोज्दा दुर्घटना भएको सूचना प्राप्त भएको छ । सम्पर्कविहीन भएका खेलाडीहरुमा अनुप घलान (मकवानपुर), आदित्य वलम्पाकी (सर्लाही), रियान्स आचार्य (काठमाडौं), सुमन योन्जन (मकवानपुर), विकल रेग्मी (निजगढ) र दिवस बानियाँ (मकवानपुर) रहेका छन् ।

मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सीताराम रिजालले त्यस स्थानमा प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको जानकारी दिनुभयो । तर खोला तर्नुपर्ने हुँदा उद्धार कार्यमा समस्या भइरहेको उहाँले बताउनुभयो । ‘हामीले लामो बाटो हिँडेर भएपनि त्यहाँ पुग्न निर्देशन दिएका छौँ । ’ रिजालले भन्नुभयो ।