
काठमाडौं, ११ असोज । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त हुनुभएको छ ।
वि.स. २०६४ सालमा बैंकको आरम्भ देखिनै सिटिजन्स बैंकमा आबद्ध रहनुभएको उहाँले बैंकको सूचना अधिकारीको अतिरिक्त प्रवक्ता एवं प्रमुख प्रशासकीय अधिकृतको समेत भूमिका निभाउँदै आउनुभएको छ ।
उहाँसँग २० बर्षको बैंकिङ अनुभव रहेको छ । त्रिभुवन विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नुभएका अधिकारी शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल हुनुहुन्छ। उहाँले बैंकको सामान्य सेवा विभाग, मानव संसाधन विभाग, र कर्पोरेट कम्युनिकेशन विभाग समेतको जिम्मेवारी वहन गर्दै आउनु भएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ बटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।









प्रतिक्रिया