३१ जेष्ठ २०८३, आइतबार

लिग-२ को सिरिजमा क्यानडाको शानदार प्रदर्शन, चारै खेलमा जित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । क्यानडाले घरेलु मैदानमा खेलेको आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजका चारै खेलमा जित हासिल गरेको छ ।

गएराति सम्पन्न ओमानविरुद्धको खेल ५ विकेटले जितेसँगै क्यानडाले चारै खेल जितेर सिरिज कब्जा गरेको हो ।

ओमानले दिएको १९९ रनको लक्ष्य पछ्याएको क्यानडाले ४५.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । यसअघि ओमानले पहिला ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर १९८ रन बनाएको थियो ।

यो जितपछि क्यानडाले लिग-२ मा १२ खेलमा ८ जित र ४ हारसहित १६ अंक हासिल गरेको छ र शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै, ओमानले भने लिग-२ मा चौथो हार बेहोरेको छ । ओमानको ८ खेलमा ६ अंक रहेको छ र लिगमा छैटौं स्थानमा छ ।