४ असार २०८३, बिहिबार

स्मार्टच्वाइस टेक्नोलोजिजको प्रमुख कार्यकारी अधिकृतमा मनोज घिमिरे नियुक्त

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मनोज घिमिरे नियुक्त हुनुभएको छ ।

प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले आज मात्रै कम्पनीका अध्यक्ष रविनकुमार नेपाल समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो । शपथ ग्रहण कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

बैंक अफ एशिया (हालको एनआईसी एशिया बैंक)बाट आफ्नो बैकिङ करियर सुरुवात गर्नुभएका घिमिरे यसभन्दा अघि लक्ष्मी सनराइज बैंकमा प्रमुख कार्ड सर्भिस्को रुपमा कार्यरत हुनुहुन्थ्यो ।

बैंकिङ तथा डिजिटल भुक्तानी (कार्ड ,क्युआर मोबाइल बैंकिङ)लगायतमा १५ वर्षभन्दा लामो अनुभव भएका घिमिरेको कार्यदक्षता, अनुभव र लगनशीलताले कम्पनीलाई अझै उचाईमा लैजाने विश्वास लिएको कम्पनीका अध्यक्ष नेपालले बताउनुभयो । डिजिटल भुक्तानीको क्षेत्र वृद्धि हुने क्रममा रहेको र एससीटीले यो क्षेत्रमा पुर्‍याउन सक्ने योगदान धेरै रहेकोले आफू एससीटीको प्रमुख कार्यकारी अधिकृत भएर काम सुरु गर्न पाएकोमा निकै उत्साहित रहेको नवनियुक्त कार्यकारी अधिकृत घिमिरेले जानकारी दिनुभयो ।

विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिजले भुक्तानी कार्ड, क्युआर,मोबाइल बैंकिङ र अन्तर बैंक भुक्तानीका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।