२८ असार २०८३, आइतबार

गोलकिपर स्जेस्नीद्वारा सन्यास फिर्ता, बार्सिलोनाबाट खेल्ने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । पोल्याण्डका पूर्वगोलकिपर वोज्सिच स्जेस्नीले सन्यास तोडेर बार्सिलोना जाने भएका छन् ।

बार्सिलोनाका नियमित गोलकिपर टेर स्टेगेन घाइते भएपछि बार्सिलोनाले युभेन्टसका पूर्वगोलकिपर स्जेस्नीलाई भित्र्याउने निश्चित भएको हो । स्जेस्नीले बार्सिलोनाको अफरलाई स्वीकार गर्दै आफ्नो सन्यास तोडेका छन् ।

उनले बार्सिलोनासँग एक वर्षको सम्झौता गरेको र उनको मेडिकलको तयारी भएको बताइएको छ ।

३४ वर्षीय स्जेस्नीले गत अगस्तमा फुटबलबाट सन्यास लिएका थिए । उनले युभेन्टसका लागि सात सिजनमा २५२ खेल खेलेका थिए भने पोल्याण्डका लागि २००९ देखि २०२४ सम्म ८४ खेल खेलेका थिए ।