
काठमाडौं, ९ असोज । तीव्र गतिका बलर करण केसी, गुल्सन झा र स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ ओडीआई वरीयतामा सुधार गर्नुभएको छ ।
ओडीआईको अलराउन्डरतर्फ सन्दीपले एकै पटक २२ स्थान सुधार गर्नुहुँदै ४१ औं स्थानमा आइपुग्नु भएको हो । बलिङतर्फ भने उहाँको ४८ औं स्थानमा यथावत छन्। अलराउन्डरतर्फ करण केसीले एकै पटक ११ औं स्थान सुधार गर्दै ७६ औं स्थानमा आइपुग्नुभएको छ ।
यस्तै, गुल्सन झाले १३ स्थान सुधार गर्दै ९० औं स्थानमा उक्लिनु भएको छ । नेपालको ओडीआई वरीयता भने खस्किएको छ। नेपाल नेपाल १ स्थान तल झदै १७ औं स्थानमा पुगेको छ।








प्रतिक्रिया