
काठमाडौं, ९ असोज । सिटी वालेट प्रालिले दशैं, तिहार र छठ पर्वको अवसरमा विशेष क्यासब्याक अफरको घोषणा गरेको छ ।
नेपालको सबैभन्दा कान्छो वालेट कम्पनीको रुपमा स्थापित सिटी वालेटले ग्राहकले आफै रेमिट भुक्तानी गर्ने प्रक्रियालाई प्रोत्साहन गर्न क्यासब्याक घोषणा गरेको हो ।
५ हजार रुपैयाँभन्दा बढी रकमको रेमिटान्स सिटीपे वालेटमार्फत प्राप्त गर्दा सिटीपे प्रोमो कोड प्रयोग गरी २०० रुपैयाँ रकम बराबरको बोनस ब्यालेन्स तथा हरेक दिन रेमिटेन्स भुक्तानीमा पहिलो १८ जना ग्राहकहरुलाई ५०० रुपैयाँ बराबरको वोनस गरी कुल ७०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । विदेशस्थित सिटी एक्सप्रेसका पार्टनर रेमिट कम्पनीबाट सिधै वालेट लोड कारोबार गर्ने वालेटलेसमेत क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
साथै, कम्पनीले दशैं तिहारलाई लक्षित गरी आन्तरिक उडान बुकिङमासमेत आकर्षक क्यासब्याक गर्ने भएको छ । आन्तरिक उडान बुकिङमा ग्राहकहरूले सिटीपे एपमार्फत उडान बुक गर्दा सिटीपे प्रोमोकोड प्रयोग गरी ३०० रुपैयाँभन्दा बढीको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
‘यी आकर्षक अफरहरु चाडबाडको समयमा हाम्रो ग्राहकहरूलाई विशेष सेवा र मूल्य प्रदान गर्नको लागि हाम्रो प्रतिबद्धताको उदाहरण हो । दशैं, तिहार र छठको समयमा हाम्रो ग्राहकहरूलाई यी क्यासब्याक अवसरहरू प्रदान गर्न पाउँदा हामी खुसी छौँ । हाम्रो लक्ष्य भनेको हाम्रा ग्राहकहरूलाई यो चाडको अवसरमा बढी खुशी र सुविधासहित मनाउने सहयोग गर्नु हो ।’ सिटी वालेट प्राइभेट लिमिटेडका प्रमुख व्यवसायीक अधिकृत प्रकाश चालिसेले भन्नुभयो ।
यस अफरको फाइदा लिन सिटीपेमा गई, आफ्नो सिटीपे वालेट दर्ता गरी रेमिट भूक्तानी प्रक्रिया पूरा गर्न सकिन्छ । सिटीपे वालेटमार्फत सिटी एक्सप्रेस मनी ट्रान्सफर, कुमारी रेमिट, नविल रेमिट, सिद्धार्थ रेमिट, सिटिजन रेमिट, एभरेष्ट रेमिट, पृथ्वी रेमिटलगायतका रेमिट भुक्तानी गर्न सकिन्छ । यो योजना सीमित अवधिका लागि रहने कम्पनीले जनाएको छ ।









प्रतिक्रिया