१६ असार २०८३, मंगलबार

सानिमा बैंकद्वारा सीजी डिजिटलसँग सहकार्य, २५ प्रतिशतसम्म छुट

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सीजी डिजिटलमा विशेष छुटको व्यवस्था गरेको छ ।

यसअन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ (क्युआर स्क्यान)मार्फत सीजी डिजिटलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरुलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । साथै, सानिमा क्रेडिट कार्डमार्फत भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दी (इएमआई)मा परिणत गर्दा एक हजार रुपैयाँ बराबरको क्यास ब्याकको व्यवस्था पनि गरेको छ । क्यास ब्याक न्यूनतम ३० हजार रुपैयाँको कारोबारमा प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटिएमहरु सञ्चालनमा रहेका छन् ।