२७ जेष्ठ २०८३, बुधबार

अभियान्ता आशिका तामाङविरुद्ध प्रहरीमा उजुरी

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । अभियन्ता आशिका तामाङविरूद्व प्रहरीमा उजुरी परेको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाले तामाङविरूद्व प्रहरीमा उजुरी दिएको हो । तामाङले पछिल्लो समय विभिन्न क्षेत्रको विसंगतिप्रति सामाजिक सञ्जालमार्फत आवाज उठाउँदै आउनु भएको छ ।

उहाँले सूर्यविनायक नगरपालिकामा रहेको एक झोलुंगे पुल तर्न २० रूपैयाँ तिनुपर्ने विषयको विरोध गर्दै सामाजिक सञ्जालमा भिडिओ पोष्ट गर्नु भएको थियो । उक्त पोष्ट भाइरल भएपछि नगरपालिकाले उहाँविरूद्व जगातीमा उजुरी दिएको हो ।

नगरपालिकाले उक्त पुल पर्यटकीय दृष्टिकोणले निर्माण गरिएकाले शुल्क उठाइएको बताउँदै आएको छ ।