
काठमाडौं, ९ असोज । चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगी गरेको आरोपमा फरार जीवी राईसहित १७ जनाविरूद्व मुद्वा दर्ता भएको छ ।
चितवन जिल्ला अदालतमा सहकारीका संस्थापक अध्यक्ष जीबी राई, सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगर विरूद्व मुद्वा दर्ता भएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय चितवनले सहकारीको ४ सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकालेको।








प्रतिक्रिया