८ असार २०८३, सोमबार

एएफसी यू-२० एसियन कप छनोटमा नेपाल र उज्बेकिस्तान भिड्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । एएफसी यू-२० एशियन कप छनोटमा नेपालले आज उज्बेकिस्तानको सामना गर्दैछ ।

न्यू ताइपेइ सिटीस्थित फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार १२ः४५ बजेदेखि सुरु हुनेछ । समूह बीमा रहेको नेपाल दुई खेलबाट तीन अंक जोड्दै चौथो स्थानमा छ ।

अघिल्लो खेलमा कम्बोडियालाई ७-० को फराकिलो अन्तरले हराएको उज्बेकिस्तान तीन अंकसहित शीर्ष स्थानमा छ ।

उज्वेकिस्तान समूहकै बलियो टोली हो । नेपालले पहिलो खेलमा कम्बोडियासँग ४-१ गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइमाथि ३-१ गोलको जित हात पारेको थियो ।