४ असार २०८३, बिहिबार

साफ यू–१७ च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । साफ यू–१७ च्याम्पियनसिपमा नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दैछ । भुटानको थिम्पुमा जारी प्रतियोगितामा नेपालले समूह चरणको खेलमा घरेलु टोलीसँग खेल्न लागेको हो ।

समूह ‘बी’मा रहेको नेपाल र भुटानबीचको नतिजाले सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्ने छ । यो समूहमा रहेका पाकिस्तान र श्रीलंका पनि खेल्ने छन् । पाकिस्तान र श्रीलंकाबीचको खेल दिउँसो पौने २ बजे सुरु हुनेछ ।

नेपाल र भुटानबीचको खेल भने साँझ पौने ६ बजे सुरु हुनेछ । दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको नेपालको लागि सेमिफाइनल पुग्न भुटानलाई हराउनैपर्ने बाध्यता छ भने भुटानलाई बराबरीले पर्याप्त हुनेछ ।

भुटान र पाकिस्तानले समूह ‘बी’मा अपराजित रहँदै समान ४ अंक जोडेका छन् । गोलअन्तरमा भुटान शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । दुई खेलबाट ३ अंकसहित नेपाल तेस्रो स्थानमा छ ।

भुटानलाई पराजित गरेमा नेपाल शीर्ष दुईमा रहेर सेमिफाइनल प्रवेश गर्नेछ । श्रीलंका भने प्रतियोगिताबाट बाहिर भइसकेको छ ।

समूह ‘ए’ बाट भारत समूह विजेता र बंगलादेश समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भइसकेका छन् ।