
काठमाडौं, ९ असोज । जारी एकदिवसीय सिरिजमा इंग्ल्याण्डले अस्ट्रेलियालाई डक वर्थ लुइस नियमअनुसार ४६ रनले पराजित गरेको छ ।
गएराति सम्पन्न खेलमा खेल वर्षाले पूरा हुन नसकेपछि डक वर्थ लुइस नियमअनुसार इंग्ल्याण्ड ४६ रनले विजयी भएको हो ।
यस खेलमा अस्ट्रेलियाले पहिला ब्याटिङ गर्दै ७ विकेट गुमाएर ३०४ रन बनाएको थियो । त्यसको जवाफमा इंग्ल्याण्डले ३७.४ ओभरमा ४ विकेट गुमाएर २५४ रन बनाएको अवस्थामा खेल वर्षाले रोकिएको थियो । त्यसपछि डक वर्थ लुइस नियमअनुसार यो अवस्थामा लक्ष्य २०९ रहेकोमा इंग्ल्याण्डले २५४ रन बनाएकोले ४६ रनले विजयी बनाइएको हो ।
इंग्ल्याण्डका लागि ह्यारी ब्रुकले अविजित ११० रन बनाएका थिए ।
इंग्ल्याण्डले यो जितपछि सिरिजमा पहिलो जित हासिल गरेको छ । ५ खेलको सिरिजमा २-१ ले अस्ट्रेलिया अगाडि रहेको छ । अब सिरिजको चौथो खेल शुक्रबार हुनेछ ।








प्रतिक्रिया