३ श्रावण २०८३, आइतबार

वर्षाले खेल हुन नसकेपछि नेपाल र ओमानले अंक बाँडे

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजअन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाले गर्दा रद्ध भएको छ ।

क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा मंगलबार राति हुनुपर्ने खेल वर्षाका कारण हुन नसकेपछि रद्ध भएको हो । खेल रद्ध भएपछि नेपाल र ओमानले एकएक अंक बाँडेका छन् । योसँगै नेपालको यो सिरिजमा बिर्सन लायक अन्त्य भएको छ । नेपालले यस सिरिजका ४ मध्य तीन खेलमा हार बेहोरेको थियो ।

लिग-२ मा नेपाल ८ खेलमा ६ हारसहित केवल ३ अंकसहित सातौं स्थानमा रहेको छ ।

त्यसैगरी, ओमानको भने ७ खेलमा ६ अंक रहेको छ र छैटौं स्थानमा छ ।