१ श्रावण २०८३, शुक्रबार

एनएमबी बैंकद्वारा पलेशा र प्रशिक्षक कविराज नगद पुरस्कारसहित सम्मानित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । एनएमबी बैंकले पेरिस पारालिम्पिक्स खेलकुदमा नेपाललाई पहिलो कांस्य पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ ।

बैंकले गोवर्धनलाई नगद पुरस्कार ५ लाख १ हजार रुपैयाँ र उहाँका प्रशिक्षक कविराज नेगी लामालाई १ लाख १ हजार रुपैयाँसहित सम्मान गरेको हो । पलेशा गोवर्धनको प्रतिनिधित्व गरी उहाँको अभिभावकले नगद ग्रहण गर्नुभएको थियो ।

पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै एनएमबी बैंकको विशेष समारोहमा गोवर्धन र उहाँका प्रशिक्षकलाई सम्मान स्वरुप नगद हस्तानतरण गरिएको थियो ।

एनएमबी बैंकले हाल देशभर २०१ शाखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।