९ असार २०८३, मंगलबार

प्रभु बैंक भिजा इन्टरनेसनलको दुई विधामा सम्मानित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । पछिल्लो समयमा विभिन्न किसिमका विद्युतीय भुक्तानीसम्बन्धी सेवाहरुको विस्तारमा आक्रामक रहेको प्रभु बैंक लिमिटेड दुई विधामा सम्मानित भएको छ ।

भिजा इन्टरनेसनलले आयोजना गरेको ‘लिडरसिप कन्क्लेभ नेपाल २०२४’ अन्तर्गत प्रभु बैंक ‘एक्सिलेन्स इन कन्जुमर डेबिट कार्ड्स बिजनेस’ र ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ गरी दुई विधामा सम्मानित भएको हो ।

भिजा एफिलिएट सदस्यता श्रेणीको रूपमा भिजा नेटवर्कमा भिजा उपभोक्ता डेबिट कार्डको व्यवसायमा उत्कृष्टता बापत पहिलो अवार्ड प्राप्त भएको हो भने दोस्रो अवार्ड एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन पूर्ण नविनतम् सुविधासहितको प्रभु भिसा बिजनेश डेबिट कार्डको पहिलो व्यवसायिक सेवा विस्तारसँग सम्बन्धित छ ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको प्रभु भिजा बिजनेश डेबिट कार्ड सेवा अन्तर्राष्ट्रिय रुपमै एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार हो जहाँ व्यवसायिक कारोवारको भुक्तानी सरल र सुरक्षित तरिकाले विद्युतीय भुक्तानीको माध्यमबाट गरिन्छ । प्रभु भिजा बिजनेश डेबिट कार्ड प्रभु बैंकमा चल्ती खाता खोली कारोबार गर्ने/गरिरहेका खाताधनीहरुलाई लक्षित गरी डेबिट कार्डसम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले प्रभु भिजा बिजनेश डेबिट कार्ड सेवाको थालनी गरिएको हो ।

भिजा बिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजन लागि मात्र लक्षित छ । कर्पाेरेट र व्यापारिक घरानाहरू, फर्महरू, कम्पनीहरू, स्कूल तथा कलेज र विश्वविद्यालयहरू, होटल र रेस्टुरेन्टहरू, अस्पतालहरू आदिमा सीमित हुन सक्दछन् जसले आफ्ना व्यापारीहरू, बिक्रेताहरू, आपूर्तिकर्ताहरू र सेवा प्रदायकलगायतलाई नियमित रूपमा साना र ठूला भुक्तानीहरू गर्दछन् ।

प्रभु बैंकद्धारा सञ्चालित भिजा बिजनेस डेबिट कार्डको मद्दतले व्यवसायिक कारोबारको भुक्तानीमा सहजता भई व्यवसाय प्रवद्धनमा थप सहजता तथा पारदर्शीतासमेत कायम रहने बैंकले विश्वास लिएको छ ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर रहेका छन् । बैंकका ३१ लाख भन्दा बढी ग्राहकहरु छन् ।

‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।