२२ जेष्ठ २०८३, शुक्रबार

दुई ठूला दलले सत्ताको लागि संविधान संशोधनको कथा बनाए : प्रचण्ड

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले दुई ठूला दलले सत्ता प्राप्तीको लागि संविधान संशोधनको कथा बनाएको टिप्पणी गर्नु भएको छ ।

आज काठमाडौंमा आयोजित संविधान कार्यान्वयन, अपेक्षा र वास्तविकता विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले संविधान संशोधनको कुरालाई ख्याल गर्दा सरकारको एजेण्डा संविधान संशोधनको नभएर माओवादीको सरकारलाई हटाएर सत्ता प्राप्ती गर्ने रहेको बताउनु भएको हो ।

उहाँले भन्नुभयो,‘संविधान संशोधनको कुरालाई ख्याल गर्दा, चर्चा परिचर्चा गर्दा शान्ति सम्झौताको बारेमा पनि विचार गर्नुपर्ने हुन्छ । मेरो विमति कहाँ छ भने, अहिले दुई ठूला दलहरुले त्यसको मर्म अनुसार अगाडि बढ्नुभएको छैन। २/४ दिनसम्म उहाँहरुको एजेण्डा संविधान संशोधन थिएन् । उहाँहरुलाई चाहिएको सरकार थियो । माओवादीको सरकारलाई जसरी पनि हटाउनैपर्ने भयो भनेर संविधानको संशोधनको कथा बनाउनु भयो ।’

उहाँले प्रधानमन्त्री भएर पनि काम गर्न के ले रोक्यो भनेर प्रश्न आउने गरेको भन्दै प्रधानमन्त्री भएर मात्र मन लागेको सबै गर्न नमिल्ने र यो भन्दा बढी गर्नुपरेको भए १८ महिना होइन १८ दिनमा नै सरकार छोड्नुपथ्र्याे भन्दै उत्तर दिनुभयो ।

राजनीतिक दलका शक्तिशालि नेताहरुले नै समानुपातिकता या संघियता मन नपारउने भन्दै कसरी कार्यान्वयन गराउने भन्ने विषय ठूलो चूनौती रहेको उहाँको भनाइ छ ।