३१ असार २०८३, बुधबार

सिप्रदीले उपत्यका बाहिर ‘टाटा केयर क्याम्प’ आयोजना गर्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । टाटा मोटर्सको नेपालस्थित एक मात्र अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौं उपत्यका बाहिर ‘टाटा केयर क्याम्प’आयोजना गर्ने भएको छ । यसले टाटा पेसेन्जर श्रेणीका (पीभी) आइसीई (पेट्रोल र डिजेलमा आधारित) र ईभी (बिजुलीमा आधारित) गाडीहरुलाई लक्षित गरेको छ । यो क्याम्प यही असोज ९ देखि ११ गतेसम्म सिप्रदीका धनगढी, सर्रा, हेटौंडा, ढल्केबार र मेचीमा अवस्थित पीभीका सेवासम्बन्धी सञ्जालहरुमा सञ्चालन हुनेछ ।

कम्पनीकाअनुसार टाटा केयर क्याम्पमा सहभागी हुने ग्राहकहरुले विभिन्न विशेष सुविधा तथा छुट प्राप्त गर्न पनि सक्नेछन् । उनीहरुले ब्याट्री, सस्पेन्सन, ब्रेकलगायत कम्प्युटर परीक्षण जस्ता सुविधा निशुल्क पाउनेछन् ।

यसैगरी, ग्राहकहरुलाई पार्टपुर्जा र लुब्रीकेन्ट प्रत्येकमा २० प्रतिशत एवं लेबर चार्जमा ५० प्रतिशतको छुट दिइनेछ भने टप वासिङ सित्तैमा गरिने कम्पनीले जनाएको छ । आफ्नो ग्राहकलाई उत्कृष्ट भन्दा उत्कृष्ट ढंगले सेवा गर्ने आफ्नो प्रतिबद्धता अनुरुप यो क्याम्प आयोजना गर्न लगिएको सिप्रदीले जनाएको छ ।