
काठमाडौं, ७ असोज । नेपाली बजारमा सोमबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ ।
सुनको मूल्य तोलामा चार सय रूपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य चार सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने सोमबार स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार ९ सय २० रुपैयाँ कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।








प्रतिक्रिया