
काठमाडौं, ६ असोज । काभा महिला क्लब च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीमा नेपाल पुलिस क्लबकी उषा भण्डारी चुनिनुभएको छ ।
च्याम्पियनसिपको उपाधि नेपालको विभागीय टोली नेपाल पुलिस क्लबले जित्दा विधागततर्फ पनि पुलिसकै वर्चस्व रहेको हो । बेस्ट अपोजिट हिटर उषा घोषित हुनुभयो भने सुमित्रा रेग्मी बेस्ट मिडल ब्लकरमा र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो चुनिनुभयो ।
माल्दिभ्सको मालेमा शनिबार उज्वेकिस्तानको हुमो भिसीलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको थियो ।









प्रतिक्रिया