११ असार २०८३, बिहिबार

इंग्ल्याण्डविरुद्ध अष्ट्रेलियाको लगातार दोस्रो जित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । अष्ट्रेलियाले इंग्ल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई ६८ रनले पराजित गरेको हो ।

अष्ट्रेलियाले दिएको २७१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ४०.२ ओभरमा अल आउट हुँदै २०२ रन मात्र बनाएको थियो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले ४४.४ ओभरमा अल आउट हुँदै २७० रन बनाएको थियो ।

अष्ट्रेलियाले यसअघि पहिलो खेल ७ विकेटले जितेको थियो । यो जितपछि अष्ट्रेलियाले ५ खेलको सिरिज २-० ले जितेको छ ।

अब सिरिजको तेस्रो खेल मंगलबार हुनेछ ।