२६ असार २०८३, शुक्रबार

साफ यू–१७ च्याम्पियनसिप : यस्तो छ पाकिस्ताविरुद्ध खेल्ने नेपाली टोली

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

थिम्पु, ५ असोज । साफ यू–१७ च्याम्पियनसिपका लागि नेपालको प्लेयिङ ११ सार्वजनिक गरिएको छ ।

२३ खेलाडीसहित भुटान आइपुगेको नेपालले पाकिस्तानविरुद्ध आज हुने पहिलो खेलका लागि सुवास बमको कप्तानीमा प्लेयिङ ११ सार्वजनिक गरेको हो ।

मुख्य प्रशिक्षक सनोज श्रेष्ठले पाकिस्तानविरुद्ध नेपालको उत्कृष्ट टिम मैदान उतार्ने बताउनुभयो । सबै खेलाडीहरुमा अब्बल क्षमता रहेको बताउँदै प्लेयिङ ११ मा नपरेका खेलाडीले चित्त दुखाउन नहुने उल्लेख गर्नुभयो ।

पाकिस्तानविरुद्धको खेलमा गोलपोष्टको जिम्मेवारी पेम्बा नोर्बु भोटेले सम्हाल्ने छन् ।

यसैगरी, फरवार्डमा कप्तान सुवास बमसहित सुजन डंगोल र विज्ञान खड्का रहेका छन् । डिफेन्समा एकराज विके, प्रशान्त मोक्तान, भुवन कामी र निशान्त लावत रहेका छन् ।

त्यसैगरी, मिडफिल्डमा जोन विष्ट, पवन पाख्रिन र कृष्णबहादुर आले रहेका छन् ।

नेपाल र पाकिस्तानबीचको खेल थिम्पुमा रहेको चाङ्लीमिथाङ रंगशालामा नेपालको समयअनुसार पौने २ बजे सुरु हुनेछ ।

पाकिस्तानविरुद्ध खेल्ने नेपालको यू–१७ टोली

सुवास बम (कप्तान), पेम्बा नोर्बु भोटे (गोलकिपर), एकराज विके, प्रशान्त मोक्तान, जोन विष्ट, सुजन डंगोल, पवन पाख्रिन, कृष्णबहादुर आले, भुवन कामी, विज्ञान खड्का र निशान्त लावत ।