२४ जेष्ठ २०८३, आइतबार

साफ यू–१७ च्याम्पियनसिपमा आज नेपाल र पाकिस्तान भिड्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

थिम्पु, ५ असोज । साफ यू–१७ च्याम्पियनसिपमा नेपालले आज पहिलो खेल खेल्दै छ । चाङ्लिमिथाङ रंगशालामा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुने खेलमा नेपालले पाकिस्तानसँग खेल्न लागेको हो ।

नेपाली टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले नेपाली टिम उपाधि जित्नका लागि भुटान आएको बताउँदै नेपाली टिमले काठमाडौंमा पनि अभ्यास राम्रो गरेको बताउँदै भुटानको मौसमका कारण पनि नेपाललाई खेल्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

टिमका सबै खेलाडी फिट रहेको बताउँदै उहाँले २३ जनाबाट उत्कृष्ट प्लेयिङ सेट उतार्ने बताउनुभयो । सन् २०२२ को साफ यू १७ मा उपविजेता भएको नेपालको लक्ष्य नै उपाधि रहेको उहाँको भनाई छ ।

नेपालको समूहमा घरेलुटोली भुटानसँगै पाकिस्तान र श्रीलंका पनि रहेका छन् । यसअघि शुक्रबार भएको उद्घाटन खेलमा भारतले बंगलादेशमाथि १-० गोलको जित दर्ता गरेको थियो । दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्दै भारतले जित पक्का गरेको थियो ।