
काठमाडौं, ४ असोज । नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपेले ‘सुपर यात्रा’ अभियानको घोषणा गरेको छ ।
दशैं र तिहार चाँडै नजिकिँदै गर्दा यो अभियानले हवाई टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कार प्रदान गरेर यात्रा अझ सस्तो र सुविधाजनक बनाउन लक्षित गरेको छ । जसअनुसार नयाँ प्रयोगकर्ताहरूले पहिलो हवाई टिकट बुकिङमा ३०० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् भने विद्यमान प्रयोगकर्ताहरूले टिकट खरिदमा २०० रुपैयाँ क्यासब्याकको लाभ लिन सक्नेछन् । यी क्यासब्याक प्रस्तावहरूको अतिरिक्त, फोनपेले रोचक गिफ्टहरूको पनि घोषणा गरेको छ । एक भाग्यमानी विजेताले एक वर्षका लागि निःशुल्क हवाई टिकट प्राप्त गर्नेछन् र हरेक हप्ता पाँच भाग्यमानी सहभागीहरूले स्मार्टवाच जित्ने अवसर पाउनेछन्, जसले अभियानलाई अझ रोमाञ्चक बनाउँछ ।
यो पहल चाडपर्वको समयमा यात्रा मागको उच्च स्तरलाई पूरा गर्न र प्रयोगकर्ताहरूलाई हवाई टिकट बुकिङको लागि सहज र सस्तो डिजिटल भुक्तानी विकल्पहरू प्रदान गर्न डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
‘दशैं र तिहार नेपालमा प्रमुख यात्रा सिजनहरू हुन् । ‘सुपर यात्रा’ अभियानमार्फत हामी हाम्रा ग्राहकहरूलाई सस्तो र सुविधाजनक यात्रा विकल्पहरू प्रदान गर्न चाहन्छौँ’ फोनपेका सीएसओ सुभोद शर्माले भन्नुभयो, ‘क्यासब्याक प्रोत्साहन र गिफ्टहरूको माध्यमबाट, हामी ग्राहक सन्तुष्टि बढाउन र थप प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी अपनाउन प्रोत्साहित गर्न चाहन्छौँ ।’








प्रतिक्रिया