
काठमाडौं, ४ असोज । अष्ट्रेलियाले इंग्ल्याण्डविरुद्धको जारी एकदिवसीय सिरिजमा विजयी सुरुवात गरेको छ ।
गएराति सम्पन्न खेलमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई ७ विकेटले पराजित गरेर सिरिजमा विजयी सुरुवात गरेको हो ।
इंग्ल्याण्डले दिएको ३१६ रनको लक्ष्य पछाएको अष्ट्रेलियाले ४४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।
अष्ट्रेलियाको जितमा ट्राभिस हेडले अविजित १५४ रन बनाएका थिए । हेडले १२९ बल खेल्दै १५४ रन बनाएका थिए ।
त्यस्तै, मार्नस लाबुस्चांगेले अविजित ७७ रन बनाएका थिए ।
यसअघि पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले ४९.४ ओभरमा अल आउट हुँदै ३१५ रन बनाएको थियो । इंग्ल्याण्डका लागि बेन डकेटले सर्वाधिक ९५ रन बनाएका थिए भने विल ज्याकले ६२ रन बनाएका थिए ।
यो जितपछि अष्ट्रेलियाले ५ खेलको सिरिजमा १-० को अग्रता लिएको छ ।
अब सिरिजको दोस्रो खेल शनिबार खेल्ने तालिका रहेको छ ।








प्रतिक्रिया