काठमाडौं, ४ असोज । बार्सिलोनाले युइएफए च्याम्पियन्स लिगमा खराब सुरुवात गरेको छ ।
गएराति सम्पन्न खेलमा बार्सिलोना फ्रेन्च क्लब मोनाकोसँग २-१ गोल अन्तरले पराजित हुँदै च्याम्पियन्स लिगको नयाँ सिजनको खराब सुरुवात गरेको हो । यस खेलमा खेलको १०औं मिनेटमा नै एरिक ग्रसियाले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।
मोनाकोको जितमा मागहनेस अकिलोउच र जर्ज इलेनीखेनाले एकएक गोल गरेका थिए ।
त्यस्तै, बार्सिलोनाका लागि एक गोल लामिन यमलले गरेका थिए ।
बार्सिलोनाले अब अर्को खेल अक्टोबर २ मा योंग ब्वायजसँग खेल्ने तालिका रहेको छ भने मोनाकोले अर्को खेल डाइनामो जाग्रेबसँग अक्टोबर ३ मा खेल्ने छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस