
काठमाडौं, ३ भदौ । चाडपर्वलाई लक्षित गर्दै इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आधा तिरे पुग्ने अफर सार्वजनिक गरेको छ ।
अफर अनुसार ग्राहकले बार्षिक अफरको आधा रकम भुक्तानी गरेर ६ महिनासम्म इन्टरनेटंटिभी जडान गर्न सक्नेछन्। ६ महिनापछि पनि सोही प्याकेजमा रिचार्ज गरेर अर्को ६ महिना पनि चलाउन सक्ने कम्पनीले बताएको छ।
उक्त अफरमा १५० एमबिपीएस इन्टरनेट र टिभी, २०० एमबिपीएस इन्टरनेट साथै टिभी र २०० एमबिपिएसमा २ आइपी टिभीसम्मका प्याकेज रहेका छन् ।
यसैगरी, वाइफाई सिक्स भएको डुअल ब्याड राउटर, स्मार्ट सेटटप बक्स साथै सेकेण्डरी राउटर पनि निःशुल्क उपलब्ध गराएको छ । अफर दशैँतिहार, छठसम्म रहने र पूरानो ग्राहकको हकमा पनि ६ महिनाको रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ।









प्रतिक्रिया